नियम १३
कल्याणकारी कोष
: (१) चियाबगानले कामदार वा कर्मचारीहरुको हित एवं कल्याणको लागि ऐनको दफा ३७ बमोजिम एउटा कल्याणकारी कोष खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खडा भएको कोषमा बोनस ऐन, २०३० को दफा ५ बमोजिम बोनस बापत छुट्याइएको रकम मध्येबाट बोनस वितरण गरेपछि बाँकी रहन आएको रकम मध्ये सत्तरी प्रतिशत रकम जम्मा गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम खडा भएको कोषमा रहने रकम कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(४) श्रम सम्बन्ध समितिको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा रही सो समितिले तोकिदिए
बमोजिम कल्याणकारी कोषको संचालन हुनेछ । श्रम सम्बन्ध समितिले तोकेको सो समितिको दुई
जना सदस्यहरुको संयुक्त दस्तखतबाट कल्याणकारी कोषको खाताको संचालन हुनेछ ।